झापामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

झापामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु


६ पुस २०७८, मंगलबार


झापा । झापामा प्रदेश नं १ स्तरीय पुरुष भलिबल प्रतियोगिता हिजोदेखि सुरु भएको छ ।

झापा गाउँपालिकाको आयोजनामा भएको दोस्रो अध्यक्ष कपमा दमक नगरपालिका, षडानन्द नगरपालिका र झापा गाउँपालिका विजयी भएका छन् ।

दमक नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा भोजपुरको षडानन्दले झापाको कनकाई नगरपालिकालाई ३–१ सेटमा पराजित गरेको हो ।

यस्तै झापा गाउँपालिकाले बाह्रदशीलाई ३–१ सेटले हराएको हो ।

प्रतियोगिताको विजेताले एक लाख ५१ हजार तथा उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।

उक्त प्रतियोगितामा विभिन्न जिल्लाका १६ टोली सहभागी रहेको आयोजकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस