मकवानपुरमा आजदेखि विद्युतीय राहदानी वितरण सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मकवानपुरमा आजदेखि विद्युतीय राहदानी वितरण सुरु


५ पुस २०७८, सोमबार


मकवानपुर । आजदेखि मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट(विद्युतीय राहदानी) का लागि आवेदन सङ्कलन र वितरण कार्य सुरु गरिएको छ ।

यहाँ पहिलो पटक आजदेखि सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले शुभारम्भ गरे ।

उनले राहदानी विभागबाट मङ्सिर १ गतेदेखि सुरु भएको विद्युतीय राहदानी वितरण आवश्यक पूर्वाधार जडान पश्चात् सोमबारदेखि मकवानपुर प्रशासनले सुरु गरेको बताए ।

जिल्ला प्रशासन कार्यालयले आइतबारबाट विद्युतीय राहदानीको लागि मकवानपुर जिल्ला छनौट गरी मिति र समय बुक गरेको सेवाग्राहीहरूको प्रत्यक्ष दर्ता लिन थालेको हो ।

हाल प्रारम्भिक चरणमा दैनिक १५ जनाको कोटा तोकी प्रत्यक्ष दर्ता गर्ने र कार्यालयको क्षमता अनुसार क्रमशः उल्लेखित कोटा वृद्धि गरिँदै लगिने प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस