बारको आन्दोनका कारण दैनिक दुइघण्टा इजलास प्रभावित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बारको आन्दोनका कारण दैनिक दुइघण्टा इजलास प्रभावित


५ पुस २०७८, सोमबार


high court

काठमाडौँ । नेपाल बार एसोसिएनको करिब दुई महिना लामो आन्दोलनका कारण सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ ।

सर्वोच्च अदालतमा करिब ढेड महिना सर्वोच्च अदालतका न्यायाधीश र बार दुवैको आन्दोलनले सुनुवाइ प्रभावित भएको थियो । गत मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिएपछि सर्वोच्च अदालतका न्यायाधीश काममा फर्किए पनि बारको आन्दोलन नरोकिँदा मुद्दाको सुनुवाइमा प्रभाव परेको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कानून व्यवसायीको आन्दोलनका कारण १० बजेदेखि १२ बजेसम्मको कानून व्यवसायी इजलासमा नपुग्दा सुनुवाइ प्रभावित भएको छ । सर्वोच्च अदालतमा गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफका साथै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए । बन्दी र निवेदनका मुद्दाबाहेक अरु मुद्दामा सुनुवाइ हुन सकेको थिएन ।

गत मङ्सिर १९ गतेदेखि सर्वोच्च अदालतका न्यायाधीश पूर्णरूपमा इजलासमा बसेर सुनुवाइ गर्नुभयो तर कानून व्यवसायीको आन्दोलनका कारण पूर्णसुनुवाइमा प्रभाव परेको छ । न्यायालय सुदृढीकरणको आन्दोलनमा लागेको बारको मागअनुसार गोलाप्रक्रियाबाट पेसी व्यवस्थापन प्रारम्भ भए पनि बारले पूर्णरूपमा आन्दोलन रोकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस