सेनाले गैरसैनिकको सहभागितामा फोटो प्रतियोगिता गर्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सेनाले गैरसैनिकको सहभागितामा फोटो प्रतियोगिता गर्दै


५ पुस २०७८, सोमबार


नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले गैरसैनिक व्यक्तिसमेत सहभागिता गराएर फोटो प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

सङ्गठनका विविध गतिविधिलाई तस्वीरका माध्यमद्वारा अभिलेख गर्न सेनाले आन्तरिक फोटो प्रतियोगित गर्दै आएकामा यस वर्षदेखि भने गैरसैनिकलाई समावेश गर्न लागेको हो ।

प्रतियोगितामा भाग लिन चाहने गैरसैनिकले फोटो र विवरण आगामी माघ २१ गतेभित्र नेपाली सेनाको आधिकारिक वेबपेजभित्र रहेको लिङ्क https://photo.nepalarmy.mil.np/ मा अपलोड गर्नुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतियोगितामा विस् २०७७ देखि २०७८ सम्म खिचिएका तस्विरलाई मात्र समावेश गरिने जानकारी दिइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने तस्वीरलाई क्रमशः रु ५० हजार, ३५ हजार र २५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस