बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित


५ पुस २०७८, सोमबार


लन्डन । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् ।

योसँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार १०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

त्यसै गरी कोरोनाभाइरसबाट भने एकैदिनमा ८२ हजार ८८६ जना सङ्क्रमित भएका छन् । बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या एक करोड १३ लाख ६१ हजार ३८७ पुगेको जनाइएको छ ।

यसअघि गत शनिबार एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित भएका थिए । बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै भएको छ ।

बेलायतमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै ९३ हजार ४५ जना सङ्क्रमित भएका थिए । त्यसपछि भने घट्दै गएको छ ।

सङ्क्रमित भएकाहरुको सङ्ख्याको तुलनामा मृत्यु भएकाहरुको सङ्ख्या भने सामान्य नै देखिएको छ । पछिल्लो एक दिनमा कोरोनाका कारण ४५ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार २१८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस