विश्वविद्यालयको शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्छः प्रधानमन्त्री देउवा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विश्वविद्यालयको शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्छः प्रधानमन्त्री देउवा


५ पुस २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले समाजको विकास र रूपान्तरणमा शिक्षाले सहयोगी भूमिका खेल्नुपर्ने बताए । वर्तमान शिक्षा युग सुहाउँदो वैज्ञानिक र प्राविधिक जनशक्तिको उत्पादन हुने किसिमको हुनुपर्ने बताए ।

उनले भने, ‘मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, परिवर्तनशील शिक्षा आजको आवश्यकता हो । यस सन्दर्भमा आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ।’

त्रिविले विभिन्न विषयमा उत्कृष्ठ १९ जनालाई २७ पदक तथा पुरस्कारले पुरुस्कृत गर्दैछ।

Tags :
प्रतिक्रिया दिनुहोस