भिक्षा माग्दै हिँडने पुरुषको हत्या गरेकाे अभियोगमा एक जना पक्राउ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

भिक्षा माग्दै हिँडने पुरुषको हत्या गरेकाे अभियोगमा एक जना पक्राउ


५ पुस २०७८, सोमबार


पक्राउ

कास्की । बाग्लुङ नगरपालिका–६ लहरेपिपल घर भएका भिक्षा माग्दै हिँडने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले सोही नगरपालिका–९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिकलाई पक्राउ गरेको हो ।

शनिबार अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित ट्रसमा शव फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धान गर्ने क्रममा मादक पदार्थ सेवन गरि शिव र अर्जुनबीच झगडा हुँदा अर्जुनले हत्या गरेको खुल्न आएको छ ।

उनीमाथि ज्यान मुद्दा सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ४ दिन म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस