त्रिभुवन विमानस्थलबाट ३३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिक पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

त्रिभुवन विमानस्थलबाट ३३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिक पक्राउ


५ पुस २०७८, सोमबार


पक्राउ

काठमाडौँ। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ३ सय ३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलाम रहेका छन् ।

हिमालयन एअरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौँ हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच गर्नेक्रममा उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट पहेलो धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी ३३३ ग्राम सुन बरामद गरेको छ ।

पक्राउ परेका उनलाई आवश्‍यक अनुसन्धान र कारबाहीको लागि विमानस्थल सुरक्षा कार्यालय गौचर पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस