चिलीमा ३५ वर्षीय बोरिक राष्ट्रपतिमा निर्वाचित « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

चिलीमा ३५ वर्षीय बोरिक राष्ट्रपतिमा निर्वाचित


५ पुस २०७८, सोमबार


काठमाडौँ । अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

बोरिक विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । सन् २०११–१२ मा विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी एक प्रमुख अगुवाको रुपमा चिनिएका थिए ।

त्यसपछि सन् २०१३ मा भएको निर्वाचनमा उनी संसदको तल्लो सदनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस