आजबाट म काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट बाहिरिन्छुः विश्वप्रकाश « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आजबाट म काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट बाहिरिन्छुः विश्वप्रकाश


५ पुस २०७८, सोमबार


काठमाडौँ । नवनियुक्त नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका छन्।

सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै नयाँ भूमिका पाएको भन्दै आफूले प्रवक्ताको जिम्मवारीबाट अलग हुने स्पष्ट पारेका छन्।

उनले प्रवक्ताको जिम्मेवारीमा अर्को व्यक्ति आउने भन्दै उनको आउने नयाँ व्यक्तिको भूमिकालाई बढावा दिन आफू अलग हुने बताए। उनले आफू सामान्यतया बाइटको सन्दर्भमा जहिले पनि उपलब्ध हुने बताए।

उनले भने, ‘पार्टीको धारणा र सूचनाका लागि अर्को व्यक्ति प्रवक्ताका रूपमा आउनुहुन्छ। तर यहाँहरूलाई परेको बेला म जतिखेर पनि उपलब्ध हुनेछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस