‘मुन्द्रेको कमेडी क्लब’ फेरि प्रसारण हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘मुन्द्रेको कमेडी क्लब’ फेरि प्रसारण हुँदै


५ पुस २०७८, सोमबार


काठमाडौँ । नेपाल टेलिभिजनमा दुई वर्षभन्दा बढी समय प्रसारण भएको चर्चित कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ पुन प्रसारण हुने भएको छ ।

यो शो बेहि समय बन्द भएको थियो । शोका होस्ट जीतु नेपाल र निर्माण कम्पनीबीचको असमझदारी र कलाकारबीचको तिक्तता आदिका कारण शो बन्द भएको हो ।

तर, शो बन्द भएको केही समयपछि फेरि यसलाई नयाँ तरिकाले प्रसारण गर्ने तयारी गरिएको छ । शोलाई नेपालले नै होस्ट गर्नेछन् । शोको नाम पनि ‘मुन्द्रेको कमेडी क्लब’ नै राखिएको छ । शोलाई अब दिनेश डीसीले निर्देशन गर्ने भएका छन् ।

अब यसपटक शोमा यसअघिका कलाकारमध्ये कोही पनि नहुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस