‘प्रधानमन्त्रीले हाम्रो अध्यक्ष ओलीसँग वार्ता गर्नुपर्छ, बाटोमा जन्माइएका समूह भेला पार्ने सर्वदलीय बैठकको अर्थ छैन’ : नेम्वाङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘प्रधानमन्त्रीले हाम्रो अध्यक्ष ओलीसँग वार्ता गर्नुपर्छ, बाटोमा जन्माइएका समूह भेला पार्ने सर्वदलीय बैठकको अर्थ छैन’ : नेम्वाङ


४ पुस २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले राष्ट्रिय विषय र संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग पहिले वार्ता गर्नुपर्ने बताएका छन् ।

गृह जिल्ला इलाममा रहेका नेम्वाङले बाटो बाटोमै जन्माइएका राजनीतिक दल नामका समूह भेला पारेर गरिने सर्वदलीय बैठकमा एमाले सहभागी हुन नसक्ने समेत बताएका छन् ।

नेम्वाङले भने, ‘प्रधानमन्त्रीज्यू यति गम्भीर हुनुहुन्छ भने उहाँले हाम्रो अध्यक्षसँग कुरा गर्नुपर्छ । एमसिसी हुन् कि अरु विषय हुन् सर्वदलीय बैठक भनेर एमालेलाई बोलाउँदैमा जाने हुँदैन । पहिले प्रधानमन्त्रीले विपक्षी दलको नेतासँग छलफल गर्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’

नेम्वाङले सर्वदलीय बैठकमा बोलाएको भनेर औपचारिकता पूरा गर्न मात्र अहिलेका गतिविधि भइरहेको भन्दै यसमा एमाले सहभागी नहुने बताए । प्रधानमन्त्री अहिलेको गतिरोध अन्त्यका लागि इच्छुक नै नदेखिएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस