प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित


४ पुस २०७८, आइतबार


भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखा अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

प्याब्सन भक्तपुरको १५औँ जिल्ला अधिवेशनले अध्यक्षका अर्का प्रतिस्पर्धी सेमन्तराज सुवेदीलाई पछि पार्दै उनी विजयी भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा राजन कसपाल, उपाध्यक्षमा विणा पाण्डे, सचिवमा विजय कर्माचार्य, सहसचिवमा सोमकृष्ण प्रजापति, कोषाध्यक्षमा नारायणकृष्ण श्रेष्ठ, सहकोषाध्यक्षमा लक्ष्मी कुटु निर्वाचित भएको पूर्वअध्यक्ष चन्द्र अधिकारीले जानकारी दिए ।

यसैगरी सदस्यमा मिना महर्जन, सूर्य भण्डारी, लिलानाथ निरौला, खुल्ला सदस्यमा देवानन्द त्वाती, ईश्वरबहादुर श्रेष्ठ र महाधिवेशन प्रतिनिधिमा सानुराजा कार्की निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस