भारतमा कोरोनाबाट एक दिनमा थप सात हजार सङ्क्रमित, २८९ को मृत्यु « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

भारतमा कोरोनाबाट एक दिनमा थप सात हजार सङ्क्रमित, २८९ को मृत्यु


३ पुस २०७८, शनिबार


नयाँ दिल्ली । कोरोना भाइरसबाट भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण अरु २८९ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ८४ लाख ५६५ पुगेको पनि जनाएको छ ।

यो सङ्ख्या पछिल्लो ५६९ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । प्रतिशतको हिसावले पनि सक्रिय सङ्क्रमितहरुको सङ्ख्या गत मार्चपछिकै सवैभन्दा कम भएको उनीहरुको भनाई छ । उनीहरुका अनुसार भारतमा कुल सङ्क्रमित मध्ये ०।२४ प्रतिशत सङ्क्रमितहरु अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन ।

पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ७०६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ४१ लाख ७१ हजार ४७१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस