चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षमा निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षमा निधन


३ पुस २०७८, शनिबार


चीन । चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षको उमेरमा निधन भएको छ ।

स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो । उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । उनी सन् २०१३ देखि देशको सवैभन्दा जेष्ठ नागरिक घोषित भएकी थिइन् ।

निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । ‘उनी सधैँ हासी, खुशी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गथिइन् ,’ उनका एक आफन्तले भने । उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस