मलाई नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ : रावल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मलाई नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ : रावल


३ पुस २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफूलाई नसोधी दिइने कुनै पनि जिम्मेवारी स्वीकार नगर्ने बताएका छन्।

एमालेले नेता रावललाई सल्लाहकार परिषद्को सदस्यमा नियुक्त गरिएको बताइएको थियो। तर रावलले आफूलाई यसबारेमा कुनै जानकारी नरहेको र ‘टीके’ प्रणालीको विरोधमा रहेको बताएका छन्।

उनले ट्वीट गरेका छन्, ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस