‘एमसीसीवारे निर्णय सत्ता गठवन्धनका दलबीच छलफल पछि’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘एमसीसीवारे निर्णय सत्ता गठवन्धनका दलबीच छलफल पछि’


२ पुस २०७८, शुक्रबार


राँझा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको आज नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसीबारे सबै पार्टीसँग छलफल चलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको उल्लेख गरे ।

‘एमसीसीवारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका पाँच दलबीचमा बैठकमा छलफल चलाउन खोजिरहेको र सबै पार्टीसँग बसेर छलफल चलाइयोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ’, अध्यक्ष नेपालले भने, ‘सबै पार्टीको विचार आउनुपर्‍यो ।’ उनले सत्ता गठबन्धनका पाँच दलको सहमतिमा मात्र एमसीसीबारे निर्णय हुने जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस