महानगरीय प्रहरी परिसरको प्रमुखमा गिरी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

महानगरीय प्रहरी परिसरको प्रमुखमा गिरी


२ पुस २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँ जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदिप गिरी आएका छन् । यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सरुवा गरिएसँगै गिरी महानगरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका हुन्।

उनलाई यसअघि नै सरुवा गरिएको भएपनि अहिले मात्र कार्यान्वयन भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। गिरी प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोबाट परिसरको नेतृत्व लिन आएका हुन् ।

उता सिंह भने भैरहवा विमानस्थलमा दरवन्दी सिर्जना गरिएपनि कार्यान्वयनको चरणमा नगएकाले हाललाई प्रहरी प्रधान कार्यालयमै रहनेछन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुखमा एसएसपी सुरेन्द्र मैनाली पठाइएको छ । हालका प्रमुख (एसएसपी) राजेश वास्तोला लामो विदामा गएकाले मैनालीलाई पठाइएको प्रवक्ता कुँवरले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस