क्रिकेटरलाई कारबाही गरिएको विषयमा प्रचण्डले गराए प्रधानमन्त्री देउवाको ध्यानाकर्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

क्रिकेटरलाई कारबाही गरिएको विषयमा प्रचण्डले गराए प्रधानमन्त्री देउवाको ध्यानाकर्षण


२ पुस २०७८, शुक्रबार


काठमाडौँ। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

आज (शुक्रबार) बिहान प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर प्रचण्डले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीबारे ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।

मल्लका अनुसार माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई काँग्रेस सभापतिमा निर्वाचित भएकोमा बधाईसमेत दिएका थिए।

भेटको अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस