रु एक हजारले बढ्यो सुनको मूल्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रु एक हजारले बढ्यो सुनको मूल्य


२ पुस २०७८, शुक्रबार


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार ५०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस