झापामा आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

झापामा आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु


२ पुस २०७८, शुक्रबार


दमक । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा हिजो (बिहीबार) एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे७प ९८०० नंको मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई–८ का २४ वर्षीय विमल सिवा घाइते भएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस