प्रदेश २ सरकारले कृषि विश्वविद्यालयका लागि ३१ करोड अनुदान दिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ सरकारले कृषि विश्वविद्यालयका लागि ३१ करोड अनुदान दिने


२ पुस २०७८, शुक्रबार


जनकपुरधाम । प्रदेश २ सरकारले सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालय स्थापनाका लागि तत्काल ३१ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।

हिजो (बिहीबार) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्न ३१ करोड अनुदान दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार अनुदान रकमले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण गरिनेछ ।

प्रदेश सरकारले अध्यादेश मार्फत सप्तरीमा कृषि विश्वविद्यालय र वीरगन्जमा विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्न लागेको छ ।

कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरी सप्तरीको राजविराजमा कार्यालय समेत सञ्चालनमा ल्याइसकेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले जिल्ला अस्पतालहरुलाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने र मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाऊ अभियान अन्तर्गत छोरी बिमा अभियानलाई पुनः सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस