विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप लगाउने योजना : मन्त्री खतिवडा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप लगाउने योजना : मन्त्री खतिवडा


२ पुस २०७८, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् ।

चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेजमा हिजो (बिहीबार) आयोजित कार्यक्रममा उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउन सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका हुन् ।

मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताए । उनले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह गरे ।

कलेजका अध्यक्ष गेहेन्द्र लामाले किताबी ज्ञानसँगै कलेजले सीपमूलक शिक्षालाई प्राथमिकतामा राखेको बताए । कलेजका प्राचार्य राजन श्रेष्ठले विद्यार्थीलाई चाहिने उपयुक्त वातावरणका लागि भौतिक पूर्वाधार र निर्माणमा विशेष चासो देखाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस