शेखर प्यानलका जीवन परियार सहमहामन्त्रीमा निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शेखर प्यानलका जीवन परियार सहमहामन्त्रीमा निर्वाचित


१ पुस २०७८, बिहिबार


काठमाडौँ। नेपाली कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । १४ औँ महाधिवेशन अनतर्गत बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् ।

डा। शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए ।

यसअघि देउवा प्यानलका सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डिना उपाध्याय र आदिवासी जनजातितर्फबाट भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस