कांग्रेस सहमहामन्त्री महिलातर्फ डिना उपाध्याय निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कांग्रेस सहमहामन्त्री महिलातर्फ डिना उपाध्याय निर्वाचित


१ पुस २०७८, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री (महिलातर्फ) डिना उपाध्याय निर्वाचित भएकी छन् । बिहीबार भएको मतगणनामा प्रतिद्वन्द्वी कमला पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।

सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २५३३ मत पाएकी थिइन् भने डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी पन्तले २१०५ मत मात्र पाइन् ।

अघिल्लो पटक खुलातर्फ केन्द्रीय सदस्यमा लडेकी उनले यो पटकका लागि महिलातर्फ उम्मेदवारी दिएको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस