राष्ट्रियसभा निर्वाचन : देशभर १४ मतदान केन्द्र, २०२५ मतदाता तोकियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा निर्वाचन : देशभर १४ मतदान केन्द्र, २०२५ मतदाता तोकियो


१ पुस २०७८, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले फागुन १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ ।

आयोगले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरू रहने जानकारी दिएको छ ।

आयोगका अनुसार प्रदेश १ मा २ वटा मतदान स्थल केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदान स्थलभित्र २/२ वटा मतदान केन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरू तोकिएका छन् ।

आयोगका अनुसार ५३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ मतदाता रहेका छन् ।

राष्ट्रिय सभामा चार बर्से कार्यकाल सकिएर फागुन २१ गतेबाट १९ सांसद बिदा हुँदै छन् । सोही स्थानमा निर्वाचन हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस