आज चार बजे पत्रकार सम्मेलन गर्दै रिजाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज चार बजे पत्रकार सम्मेलन गर्दै रिजाल


१ पुस २०७८, बिहिबार


काठमाडौँ । रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका डा. मीनेन्द्र रिजालले आज (बिहीबार) चार बजे पत्रकार सम्मेलन गर्दै छन् ।

पत्रकार सम्मेलन रक्षा मन्त्रालयमै आयोजना गरिएको रिजालको सचिवालयले जानकारी दिएको छ ।

नेपाली काँग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। ‘

अहिले काँग्रेस महामन्त्री पदको मतगणना जारी छ । शेखर कोइरालाको प्यानलबाट उठेका मिनेन्द्र पाँचौँ स्थानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस