काँग्रेस महामन्त्रीमा गगन थापाको अग्रता « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काँग्रेस महामन्त्रीमा गगन थापाको अग्रता


१ पुस २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापाले अग्रता लिएका छन् ।

१४ औँ महाधिवेशनअन्तर्गत दुई महामन्त्रीका लागि भएको निर्वाचनको जारी मतगणनामा थापाले प्रारम्भिक अग्रता लिएका हुन् ।

एक सय मत गन्दा गगनले ७० मत ल्याएका छन् । दोस्रोमा विश्वप्रकाश शर्माले ३४ मत प्राप्त गरेका छन् ।

संस्थापन पक्षका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल क्रमश: तेस्रो र चौथो स्थानमा छन् । महतले ३१ र पौडेलले २७ मत प्राप्त गरेका छन् ।

शेखर कोइराला प्यानलबाट उठेका डा. मिनेन्द्र रिजालको २१ मत छ ।

Tags :
प्रतिक्रिया दिनुहोस