संसद अवरोधको औचित्यबारे भीम रावलको प्रश्न : एमसिसी पास गर्ने खेल त होइन ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसद अवरोधको औचित्यबारे भीम रावलको प्रश्न : एमसिसी पास गर्ने खेल त होइन ?


१ पुस २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाएका छन् । यो एमसिसी सम्झौता अनुमोदन गर्ने खेल त होइन भनेर पनि उनले प्रश्न गरेका छन् ।

रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्– सरकारका कामकारबाही गर्न दिएर संसदका बैठकहरू अवरुद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसिसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।

नेकपा एमालेले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै संसद बैठकमा विरोध जनाउँदै आएको छ । एमालेले विरोध जनाउँदै वर्षे अधिवेशनका कुनै पनि संसदीय कामकारबाहीमा भाग लिएको थिएन ।

गत मङ्सिर २८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले वेल घेराउ गरेको थियो । एमालेको विरोधका कारण संसदको बैठक यही पुस ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस