माघ २ गतेबाट उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने फुलकोर्टको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माघ २ गतेबाट उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने फुलकोर्टको निर्णय


२९ मंसिर २०७८, बुधबार


high court

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले देशभरका उच्च र जिल्ला अदलतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको सर्वोच्चको पूर्ण बैठकले आगामी माघ २ गतेदेखि सबै उच्च र जिल्ला अदालतमा पनि गोलाप्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार फुलकोर्ट बैठकले उच्च र जिल्ला अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न आवश्यक नियमावली, निर्देशिका र कार्याविधि तयार पार्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ ।

प्रवक्ता दाहालका अनुसार बुधबारको पूर्ण बैठकले गोला प्रक्रिया सुरु गर्नका लागि उच्च अदालत नियमावली २०७३ र जिल्ला अदालत नियमावली २०७५ मा गर्नुपर्ने संशोधन र गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन सम्बन्धी निर्देशिका बनाई पूर्ण बैठकमा पेस गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिने निर्णय भएको छ ।

यो निर्णयसँगै अब सर्वोच्च अदालतसहित उच्च र सबै जिल्ला अदालतमा पनि गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन हुने भएको छ ।

सर्वोच्च अदलातमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी तोकिँदै आएको छ । प्रधानन्यायाधीश जवरा विवादमा परेपछि न्यायाधीशहरूले उनले तोकेको इजलास बहिस्कार गर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस