आज सुनको मूल्य ५ सयले घट्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आज सुनको मूल्य ५ सयले घट्यो


२९ मंसिर २०७८, बुधबार


सुन

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० तोकिएको छ ।

अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज ५००ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० छ जसको मूल्य मङ्गलबार प्रतितोला ९२ हजार ३०० तोकिएको थियो ।

आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २१० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७० डलर आसपास कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस