खुल्यो १५४७ माविमा शिक्षकका लागि विज्ञापन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खुल्यो १५४७ माविमा शिक्षकका लागि विज्ञापन


२९ मंसिर २०७८, बुधबार


काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलेको छ ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस