लोक सेवाले खोल्यो शाखा अधिकृतको विज्ञापन « प्रशासन
Logo १२ माघ २०७९, बिहिबार
   

लोक सेवाले खोल्यो शाखा अधिकृतको विज्ञापन


२९ मंसिर २०७८, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले ठुलो सङ्ख्यामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) को विज्ञापन खोलेको छ । आयोगले बुधवार अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खोलेको हो ।

सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी दुई सय ८४ जनाका लागि विज्ञापन खोलिएको छ ।  

दरखास्त दिने अन्तिम मिति पुस २० गते सम्म तोकिएको छ । दोब्बर दस्तुरमा पुस २७ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस