देउवा काँग्रेस सभापतिमा निर्वाचित « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

देउवा काँग्रेस सभापतिमा निर्वाचित


२९ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिका लागि विजयी भएका हुन् ।

दोस्रो चरणको मतदानमा ४६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।

यस अघि पहिलो चरणको मत गणनामा देउवालाई सभापति पदका लागि ८२ मत पुगेको थिएन् ।

Tags :
प्रतिक्रिया दिनुहोस