शिक्षक सेवा आयोगद्वारा नयाँ पदपूर्तिका लागि आह्वान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शिक्षक सेवा आयोगद्वारा नयाँ पदपूर्तिका लागि आह्वान


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले आज सूचना प्रकाशित गरेको छ । नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस