शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको हुँ : नेता सिंह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको हुँ : नेता सिंह


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा सभापति उम्मेरदवार शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको प्रकाशमान सिंहले स्पष्ट पारेका छन् ।

केही बेरअघि पत्रकार सम्मेलन गर्दै नेता सिंहले निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढङ्गले केही अनलाइनमा आएका भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् ।

प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गरेको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको हुँदा प्रधानमन्त्रीसमेत रहेका देउवालाई समर्थन गरेको नेता सिंहको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस