दक्षिण कोरियाको दक्षिणी टापुमा ४.९ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दक्षिण कोरियाको दक्षिणी टापुमा ४.९ म्याग्निच्युडको भूकम्प


२८ मंसिर २०७८, मंगलबार


सोल । दक्षिण कोरियाको दक्षिणी टापु जेजुमा मङ्गलबार दिउँसो ४.९ म्याग्नीच्युडको भूकम्प गएकामा अहिलेसम्म कुनै क्षति नभएको एसियाली देशको मौसम विभागले जनाएको छ।

साँझ ५ बजेर १९ मिनेटमा भूकम्प गएको थियो । स्थानीय समय (0819 GMT) कोरिया मौसम प्रशासन (KMA) को अनुसार जेजु टापुको सिइओग्विपो सहरको जल क्षेत्रमा उक्त भूकम्प गएको हो ।

भूकम्पको केन्द्र ३३.०९ डिग्री उत्तरी अक्षांश र १२६.१६ डिग्री पूर्वी देशान्तरमा रिपोर्ट गरिएको थियो । जसको गहिराई समुद्रको तल १७ किलोमिटर थियो। सुनामीको चेतावनी भने जारी गरिएको छैन। यद्यपि कमजोर माटो भएका क्षेत्रमा क्षति हुन सक्ने केएमएले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस