सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा


२८ मंसिर २०७८, मंगलबार


अख्तियार

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा महोत्तरीको साविक नमुना गाउँ विकास समितिको कार्यालय, गौशालाका तत्कालीन सचिव नागेश्वर राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सचिव यादवले निर्माण, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता लगायत गा.वि.स.को विभिन्न शिर्षकको रकम अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा नमुना गाउँ विकास समितिको कार्यालय, गौशाला, महोत्तरीको लागि आ.व. २०६७/०६८ मा जिल्ला विकास समितिको कार्यालय, जलेश्वर, महोत्तरीबाट जेष्ठ नागरिक, असहाय विधवा, असक्त अपाङ्ग, दलित जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताको लागि रकम निकासा भएकोमा पाउनुपर्ने सम्बन्धित नागरिकहरुलाई वितरण नगरी नक्कली कागजात बनाई सामाजिक सुरक्षा भत्ताको रु १२,८६,८०० रकम हिनामिना गरेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

सचिव यादवले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा १२ लाख ८६ हजार ८ सय रुपैयाँ विगोसहित मुद्दा दायर गरेको आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस