भोलिदेखि अस्ट्रेलियाको सीमा खुला हुने , विदेशी विद्यार्थी र पर्यटकले प्रवेश पाउने « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

भोलिदेखि अस्ट्रेलियाको सीमा खुला हुने , विदेशी विद्यार्थी र पर्यटकले प्रवेश पाउने


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । अस्ट्रेलियाले विदेशी पर्यटक, भिजाबाहक विद्यार्थी र दक्ष कामदारको लागि भोलि (बुधबार)देखि अन्तर्राष्ट्रिय सीमा पुनः खुला गर्ने भएको छ ।

प्रधानमन्त्री स्कट मरिसन र स्वास्थ्य मन्त्रीले पुनः अन्तर्राष्ट्रिय सीमा खुला गर्ने बताएका हुन् ।

अस्ट्रेलियाली मन्त्रिपरिषद् र प्रमुख चिकित्सा सल्लाहकारको सुझाव अनुसार तत्काललाई सीमा खुला गर्ने निर्णय भएको जनाइएको छ ।

यसअघि त्यहाँको सङ्घीय सरकारले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन सङ्क्रमण फैलन थालेसँगै डिसेम्बर १ देखि १५ सम्म लगाइएको सीमा बन्दलाई थप विस्तार गर्न सकिनेबारे बताएको थियो ।

अस्ट्रेलिया प्रवेश गर्न चाहनेले कोभिड–१९ विरुद्ध त्यहाँको सरकारले अनुमति दिएका खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने र पीसीआरको नेगेटिभ रिपोर्ट प्रस्तुत गर्नुपर्ने अनिवार्य छ ।

Tags :
प्रतिक्रिया दिनुहोस