देउवा प्रकाशमानलाई भेट्न पुगे ठमेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देउवा प्रकाशमानलाई भेट्न पुगे ठमेल


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् ।

सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा सिंह निवास चाक्सीबारी पुगेका हुन् ।

यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए । त्यसअघि पनि देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरले प्रकाशमानसँग भेट गरेका थिए ।

दोस्रो चरणको निर्वाचनमा देउवा र कोइरालाबीच सभापतिमा प्रतिस्पर्धा हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस