२७७७ मत गन्दासम्म देउवालाई १३१८ मत, कोइरालालाई १०२३ मत प्राप्त « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

२७७७ मत गन्दासम्म देउवालाई १३१८ मत, कोइरालालाई १०२३ मत प्राप्त


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा २७७७ मत गनिसक्दासम्म देउवाले १३१८ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले १०२३ मत ल्याएका छन् । यसैगरी विमलेन्द्र निधिले १६६ मत ल्याएका छन् । प्रकाशमान सिंहले २०५ प्राप्त गरेका छन् भने कल्याण गुरुङले १२ प्राप्त गरेका छन् ।

सभापतिमा शेरबहादुर देउवा, डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ ।

कांग्रेस विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुन्छ । त्यसैलाई मध्यनजर गरेर सुरुमा सभापतिको मतगणना थालिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस