मतगणना अपडेट : देउवाको अग्रता कायमै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मतगणना अपडेट : देउवाको अग्रता कायमै


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म २१०० मत गणना भइसकेको छ । जसमा देउवाले ९९१ मत पाएका छन् भने सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ मत पाएका छन् ।

प्रकाशमान सिंहले १७४ र विमलेन्द्र निधिले १२७ मत पाउादा कल्याण गुरुङले ७ मत पाएका छन् ।

काँग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

काँग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस