जम्मू-कश्मीरको श्रीनगरमा आतङ्कवादी आक्रमणमा २ प्रहरीको मृत्यु, १२ जना घाइते « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

जम्मू-कश्मीरको श्रीनगरमा आतङ्कवादी आक्रमणमा २ प्रहरीको मृत्यु, १२ जना घाइते


२७ मंसिर २०७८, सोमबार


कश्मीर । जम्मु र कश्मीरको श्रीनगरको जेवानमा रहेको पुलिस क्याम्प नजिकै आतंकवादीहरूले सोमबार प्रहरीको गाडीमा गोली चलाउँदा दुई प्रहरी जवानको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

घाइते जवानहरूको सेनाको अस्पतालमा उपचार भइरहेको कश्मीर जोन प्रहरीले जनाएको छ ।

नगरको पान्थाचोक क्षेत्रमा भएको आक्रमणमा परी एक असई र एक सिलेक्शन ग्रेड हवल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस