कोरोना भ्याक्सिन बेच्ने हेल्थ असिस्टेन्टसहित दुई जना २० हजार घुससहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना भ्याक्सिन बेच्ने हेल्थ असिस्टेन्टसहित दुई जना २० हजार घुससहित पक्राउ


२७ मंसिर २०७८, सोमबार


अख्तियार

काठमाडौँ । महोत्तरी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट अजय कुमार साहसहित दुई जना २० हजार घुससहित पक्राउ परेका छन् ।

हेल्थ असिस्टेन्ट साहको निर्देशनमा हेल्थ असिस्टेन्ट(विद्यार्थी) कृष्णा कुमार यादवले कोभिड-१९ विरुद्धको खोप जेन्सन एन्ड जोन्सन लगाई दिई सेवाग्राहीबाट बीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग साहले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले जनकपुर उपमहानगरपालिका–७ नयाँ–बसपार्क, धनुषाबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता रिसालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस