कांग्रेस महाधिवेशन अपडेट : दुई हजार ८०९ मत खस्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कांग्रेस महाधिवेशन अपडेट : दुई हजार ८०९ मत खस्यो


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा दुई हजार ८०९ मत खसेको छ ।

कांग्रेसको मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ५ः४५ बजेसम्म दुई हजार ८०९ मत खसेको मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस