एमसिसी जनताको टाउकोमाथि तेर्स्याइएको तरबार : नेता गजुरेल « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

एमसिसी जनताको टाउकोमाथि तेर्स्याइएको तरबार : नेता गजुरेल


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ। नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसिसी भनेको जनताको टाउकोमाथि तेर्स्याइएको तरबार भएको बताएका छन् ।

उनले एमसिसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । नेता गजुरेलले एमसिसीको विरोधमा भोलि (मंगलबार) संसद् भवन घेराउ गर्ने घोषणा समेत गरेका छन्।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी) सहितका विभिन्न राजनीतिक दलहरुले एमसिसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् ।

आज (सोमबार) एमसीए- नेपालको कार्यालय दरबारमार्गमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले घेराउ गरेका हुन् ।

कार्यक्रममा चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसिसी खतरनाक भएकोले खोरज हुनुपर्ने बताए । उनले भारतमा बजार बिस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप समेत लगाए ।

उनले एमसीसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दाबी समेत गरे ।

नेता बास्तोलाले नेपाली जनतालाई कङ्गाल बनाउन, नेपाललाई लुट्नको निम्ति एमसिसी आइरहेकोले यसलाई खारेज गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस