काँग्रेस महाधिवेशन : मतपत्र सकिएपछि राष्ट्रिय सभा गृहको केन्द्रमा मतदान रोकियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस महाधिवेशन : मतपत्र सकिएपछि राष्ट्रिय सभा गृहको केन्द्रमा मतदान रोकियो


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि केन्द्र तर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई अहिले रोकिएको हो । प्रतिनिधिहरुले मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका छन् ।

भृकुटीमण्डपतर्फको केन्द्रमा भने मतदान भइरहेको छ । दिउँसो ३ बजेसम्म ८सयभन्दा बढी मत खसेको छ ।

१४औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि आज (सोमबार) बिहान ११ बजेदेखि मतदान सुरु भएको हो । महाधिवेशनमा करिब ४६भन्दा बढी प्रतिनिधिहरु सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस