अमेरिकाको टेक्सासमा गोली चल्दा एक जनाको मृत्यु, १४ जना घाइते « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अमेरिकाको टेक्सासमा गोली चल्दा एक जनाको मृत्यु, १४ जना घाइते


२७ मंसिर २०७८, सोमबार


टेक्सास । अमेरिकाको टेक्सासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

घाइते भएका मध्ये एक जनाको घटनास्थलमै मृत्यु भए पनि बाँकी तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरुको भनाई छ ।

सबै घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना आइतबार राती भएको हो । भिडभाड र हल्ला भइरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस