संसद भवनमा सभामुख र सांसदहरुको एन्टिजेन परीक्षण सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसद भवनमा सभामुख र सांसदहरुको एन्टिजेन परीक्षण सुरु


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । आज संसद भवनमा सभामुखसहित सांसद र कर्मचारीहरुको एन्टिजेन परीक्षण सुरु गरिएको छ ।

मंगलबार संसदको हिउँदे अधिवेशन आह्वान भएकाले त्यसअघि संघीय संसद भवनको स्काई हलमा एन्टिजेन परीक्षण सुरु गरिएको हो ।

संघीय संसदका पदाधिकारीहरु, दुवै सदनका सदस्यहरु, महासचिव लगायत सबै कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मीहरु, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम छ ।

बिहान ११ बजेदेखि सुरु भएको परीक्षण दिउँसो तीन बजेसम्म चल्ने संसद सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस