काँग्रेस १४औँ महाधिवेशन : मतदान सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस १४औँ महाधिवेशन : मतदान सुरु


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व छान्नका लागि अहिले मतदान भइरहेको छ। काठमाडौँको भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान सुरु भएको हो ।

यसअघि बिहान ८ बजेदेखि नै मतदान सुरु हुने कार्यतालिका थियो। मतपत्र छपाइमा ढिलाइ हुँदा साढे तीन घण्टापछि मतदान सुरु भएको हो।

अहिले महाधिवेशन प्रतिनिधिहरूले मतपत्र लिइरहेका छन्। महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन्।

मतदान सकिएपछि सुरुमा सभापतिको मतगणना सुरु हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस